प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्तिक २०७८
लागु औषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-३०

कात्तिक, ३०मिति २०७८।०७।३० गते अ.२१:०० बजेको समयमा जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा न.-५ नेपालगंज रोड स्थित पूर्वाञ्चल होटल एण्ड लजमा लागु औषध ब्राउनसुगरको कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०१ मा चेकजांच गर्ने क्रममा जिल्ला नवलपरासी प्रतापपुर गाउपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को मोहमद अफ्रोज मिया र जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका १ बस्ने बर्ष ४३ कि सम्झना हलुवाईको साथबाट २७ पुरिया (तौल २७ ग्राम ८०० मिलि ग्राम) लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो खैरो पदार्थ फेला परेको हुँदा निजहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको नियन्त्रणमा लिई थप अनुसन्धान  कार्य भईरहेको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-२५

दाङ, कात्तिकमिति २०७८/०७/२५ गते अन्दाजी १५:३०  बजे जिल्ला दाङ राप्ती गाउँपालिका वडा नम्बर ०१ पाखापानी स्थित पूर्व पश्चिम राजमार्गमा, गोप्य सूचनाको आधारमा ऐ. ऐ. बस्ने वर्ष १७ को मनोज पौडेललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले आफूले लगाएको जुत्ता भित्र लुकाई छिपाई राखेको अवस्थामा रहेको लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ ३ पोका फेला परेको र निज मनोज पौडेललाई सोधपुछ गर्ने क्रममा ऐ.ऐ. स्थानमा रहेको मेरो घरको सुत्ने कोठामा ऐ.ऐ. २ बस्ने वर्ष २१ को उमेश गुरुङ रहेको र निजले दिएको हो भनी जानकारी गराएकोमा सोही घरको कोठा चेक जाँच गर्ने क्रममा उमेश गुरूङ्गको साथ बाट ४ पोका लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ फेला परेको, दुबै जना सँग फेला परेको उक्त लागू औषध तत्काल तौल गर्दा अं.१ ग्राम ९२ मिली ग्राम रहेको उक्त पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङ दाङमा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागु औषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा ।
२०७८-०७-११

कपिलवस्तु,२०७८।०७।११ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४  चाकरचौडा स्थित नेपाल भारत सिमाना गेट स्थितमा रहेको चेक प्वाइन्टमा गोप्य सूचनाको आधारमा सूचना प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ३ जनाको टोलि खटिगई जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ०८ धनेशपुर बस्ने वर्ष २६ को बिजय खत्रीको शरीर खानतलासी गर्दा निजले लगाएको Under Wear भित्र कालो प्लास्टिकको स-साना २२ वटा पोकामा लुकाइ छिपाई राखेको अवस्थामा सोहि पोकाहरु खोलि हेर्दा गिलो खैरो रङको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित १२४ ग्राम (डिजिटल तौल मापन यन्त्रद्धारा मापन गरिएको ।) र मानिस समेतलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा राखी थप आवश्यक अनुसन्धान भईरहेको ।

खोलाले मानिस बगाएर ३ जना मानिस बेपत्ता
२०७८-०७-०३

प्युठान, ०३ कार्तिक,प्युठान जिल्लामा खोलाले बगाएर तीन जना मानिसहरु बेपत्ता भएका छन् । कार्तिक १ गते देखि परेको अबिरल वर्षाका कारण माण्डवी गाउँपालिका वडा नं. ४ अरङखोलामा आएको बाढीले मिति २०७८।०७।०३ गते अन्दाजी ९:४५ बजेतिर खोला तर्ने क्रममा तीन जना मानिसरहरु वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जिल्ला प्युठान, माण्डवी गा.पा.-४ आँपचौर बस्ने टेक बहादुर कार्कीको श्रीमती बर्ष २८ की देवीसरा कार्की,    निजको छोरा बर्ष २ को दिनेश कार्की,  मधु अधिकारीको छोरी बर्ष ८ की अनुष्का अधिकारी रहेका छन् । निजहरुको खोजी कार्य जारी रहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-०१

रुपन्देही, कात्तिक, ०१ मिति २०७८।०७।०१ गते अं.१७:०० बजेको समयमा जिल्ला रुपन्देही  मर्चवार गा.पा.वडा नं. ०२ मुडिला स्थित  ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही मातहत  प्र.चौ. गुलरिया रुपन्देहीबाट खटिएको गस्ती टोलोले लु. ७८ प. ५६८५ नं.को मोटरसाईकललाई शंका लागि चेक जाँच गर्ने क्रममा मोटरसाईकल सवार जिल्ला रुपन्देही मर्चवार गा.पा.५ बस्ने वर्ष अं.२१ को राहुल पाण्डेको साथबाट १०५ ट्याबलेट NITRAZEPAM (प्रतिबन्धित लागु औषध) फेला पारी निज मोटरसाईकल चालक जिल्ला रुपन्देही मर्चवारी गा.पा. ५ ओडवलिया बस्ने वर्ष अं. १८ को निरज यादव सहित मोटरसाईकललाई नियन्त्रणमा लिई  आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीमा राखि थप अनुसन्धान कार्य भईरहेको ।